एमाले एकताको बाधक ओली हुन् यिनले अध्यक्ष छाडेको भोलिपल्ट एकता हुन्छ : झाँक्रि

 एमाले एकताको बाधक ओली हुन् यिनले अध्यक्ष छाडेको भोलिपल्ट एकता हुन्छ : झाँक्रि



काठमाडौँ –


एमालेकी सांसद रामकुमारी झाक्रीले प्रधानमन्त्री रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमले एमालेमा क्षती भएकाले उनलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । अखिल फोर्सले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेतृ झाक्रीले ओलीले संविधान र व्यवस्थामाथि प्रहार गरेकै कारण उनी बालुवाटारबाट बालकोट वार्दली पुगेको बताइन् ।


ओलीको त्यही कदमले एमालेलाई क्षती पुगेको भन्दै उनले तत्काल अध्यक्ष पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरिन् । ओलीले पदबाट राजीनामा दिएमा पार्टीमा एकता हुने पनि उनले बताइन् ।


Ads by AdMana.net

पार्टीलाई क्षती पुर्‍याउने र कम्युनिस्ट आन्दोलनकै बेइजत गर्ने काम ओलीले गरेको भन्दै उनले कुनै आधारमा पनि पार्टीको नेतृत्व तहमा ओली बस्‍न नमिल्ने झाक्रीको भनाइ छ । १० बुँदे प्रस्ताव मानेर एमाले एकता सम्भव नभएको उनले बताइन् । एमाले विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरे पपनि त्यसमा मात्र अडेर सहमती हुन नसक्ने धारणा उनको छ ।


उनले ओलीको धारणाप्रति कटाक्ष गर्दै अध्यक्षले जे बोले पनि हुने अनि जे गरेपनि हुने भनेर कहाँ लेखेको भन्‍ने प्रश्‍न गरिन् । उनले भनिन्, ‘अध्यक्षले गल्ती गरेपछि त्यसको भागेदारी हुन पर्छ नै । त्यसको लागि उनले पदबाट राजीनामा दिने नै हो ।’


संसद् र संविधान जोगाउन एमाले भित्रबाटै छुट्टै धार खडा गरेर काम गर्न पर्ने अवस्था ओलीले ल्याएको झक्रीले बताइन् । आफूहरूले गरेको विद्रोहले वैधता प्राप्त गरेकोले राजनीतिलाई यो अवस्थामा पुर्‍याउने पात्रहरू बाहिरिन आवश्यक रहेको उनको तर्क छ ।


एमालेको नवौं महाधिवेशनबाट नेतृत्वमा आएका ओलीले पार्टीलाई लथालिंग पार्ने काम मात्र गरेको आरोप झाक्रिको छ । कार्यकर्ताको मेहनत र आम जनताको भरोसाले आएको दुई तिहाइको सरकार राम्ररी चलाउन नसक्ने अनि त्यसबाट बाहिरिने माहोल आफूले बनाउने अनि दोष अरुलाई थोपार्ने भन्दै ओली अब पदमा बसिरन नसुहाउने उनको धारणा छ ।


सबैको उत्तिकै सम्मान र समान धारणा पार्टीमा आवश्यक रहेको झाक्रीले बताइन् । पार्टीको शिरमा नै बसेर प्रतिगमनकारी काम गर्ने अनि उनैलाई नेता मानेर कसरी दल अघि बढ्न सक्छ भन्दै उनले भनिन, ‘प्रतिगमन हो भने प्रतिगमनकारीलाई टाउकोमा राखेर जान्छौ कि के गर्छौ ? प्रतिगमन होइन भने किन सर्वोच्चसम्म पुगेका छौं ?’ कार्यदलमा रहेर मिलाउन प्रयासरत नेताहरू भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्टलगायतलाई उनको प्रश्‍न थियो ।


उनले आफू पार्टी एकता विरोधी नभएको भन्दै परिस्थितिमा के परिवर्तन आएको हो र पार्टी एकतामा गएको हो भन्‍ने मूल प्रश्न रहको बताइन । ओली बालुवाटारबाट बालकोट वार्दलीमा पुग्‍नुको कारण उनकै शैली हो । हामीले पछि भोट नदिएर होइन पहिले नै उनले आफ्नो हैसियत गुमाइसकेका थिए ।

Post a Comment

0 Comments